प्रहर खबर
 २०८१ बैशाख २०, बिहीबार    

नेपाल प्रहरीको प्रावधिक समुहतर्फ जागिर खुल्यो

२०८० कार्तिक १७, शुक्रबार १२:०७ बजे

काठमाडौं – नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको जनाउँदै निवेदन माग गरेको हो ।

नेपाल प्रहरीका अनुसार माग गरेका पदमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी ब्यवस्था मिलाईएको छ ।

दरखास्त आह्वान सुचना हेर्न यहाँ क्लीक गर्नुहोस् ।