मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले चीनको युनान प्रान्तको सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको छ । हेटौंडा उपमहानगरपालिका कार्यपालिकाको बैठकले चीनको युनान प्रान्तको सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार उपमहानगरले यसअघि भगिनी सम्बन्ध स्थापना गर्न लागेको युनान प्रान्तको सहरले पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको थियो ।
युनान प्रान्तकै कुनै एक सहरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी प्रस्ताव पठाउन कार्यपालिका बैठकले निर्णय गरेको जनाइएको छ । उपमहानगरपालिकामा कार्यरत सेवा करारका कर्मचारीको आवश्यकता, औचित्यता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सेवा करार अवधि थप गर्ने निर्णय कार्यपालिका बैठकबाट गरिएको छ ।
बागमती प्रदेश सरकारले प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने तयारी गरिरहेको अवस्थामा मकवानपुर बहुमुखी क्याम्पसलाई ३० बिघा जमिन उपलब्ध गराइने भएको छ ।