प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट काठमाडौं जाने दुई सडक दुई महिनाका लागि बन्द

२०७९ फाल्गुन १, सोमबार ०६:३८ बजे

हेटौंडा – हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुई सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ र भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।

हेटौैँडा–काठमाण्डौँ आउँन,जान कुलेखानी–चित्लाङ तथा कान्तिलोकपथ सडक प्रयोग पनुपर्ने हुन्छ । हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको सर्वपक्षीय छलफल राखेर फागुन १ बाट फाखेलको सडक मर्मतको लागि बन्द गर्ने निर्णय भएको थियो ।

भीमफेदी– भैंसे खण्ड ११ कि.मि. हुमाने फर्पिङ्ग खण्ड– ७.५ कि.मि., दक्षिणकाली– छैमले खण्ड – ८ कि.मि., प्रदेश राजधानी आयोजना छैमले– सिस्नेरी खण्ड ११ कि.मि.को सडक मर्मतको काम धमाधम भइरहेको छ ।