प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा हात्ती गाडीको ठक्करबाट एक महिलाको मृत्यु

२०७९ चैत्र १, बुधबार ०२:३७ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा हात्ती गाडीको ठक्करबाट  एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठेगान तथा पहिचान नखुलेको अन्दाजी ३५/४० की महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश०३–००१च ६९४३ नम्बरको हात्ति गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट ती महिला गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि हेटौंडा अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मंगोलियन अनुहार भएको मृतक महिला हेर्दा मागेर खादै हिड्ने जस्तो देखिने प्रहरीको भनाई छ । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।