हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका वडा नंबर १ का ३३ वर्षीय गोपाल सारु रहेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बिहिबार बिहान हेटौंडाबाट नारायणगढ जाँदै गरेको बा ०३–००१ ख २४८१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नंबरको मोटरसाईकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।