प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा करेन्ट लागेर बम्जनको मृत्यु

२०८१ श्रावण ४, शुक्रबार २१:०३ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.४ माझीखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं.९ बेतेनी बस्ने बर्ष २० को रामराज बम्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार अपह्रान्न ४ बजेको समयमा माझीखोलास्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बम्जन एक्कासी करेन्ट लागेर घाइते भएका थिए । करेन्ट लागेर अचेत अवस्थामा रहेको बम्जनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याईएकोमा, उपचारको क्रममा ५ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।