हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१० बाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् ।
मनहरीबाट हेटौडातर्फ आउदै गरेको ना १ ज २६२७ नम्बरको म्याजिकमा सवार पटेललाई ११ किलो ३९० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त गाँजा सहित पटेललाई नियन्त्रणमा लिएर आवश्यक कारवाही लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।