हेटौंडा – मकवानपुर भिमफेदी गाउँपालिका–२ भैंसेबाट सशस्त्र प्रहरी सहायक हवल्दार सहित तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीको टोलीले अटोमा सवार तीन जनालाई करिब ९ किलोग्राम लागुऔषध गाँजा सहित मंगलबार पक्राउ गरेको हो ।
पकाउ पर्नेमा अटोमा सवार हेटौडा १४ न. शसस्त्र प्रहरी गणमा कार्यरत शसस्त्र प्रहरी साहायक हवल्दार बैतडी रिम गाउँपालिका–६ बस्ने बर्ष ३० को कृष्ण जोशी, मकवानपुर मनहरी गाउँपालिका–९ खरङ्गा बस्ने बर्ष २९ को होमलाल मोक्तान र अटो चालक हेटौंडा उपमहानगरपालिका ८ कमाने बस्ने बर्ष ४५ को सुर्य बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार जोशी शसस्त्र प्रहरी साहायक हवल्दार भन्ने साथमा रहेको परिचय पत्रबाट खुल्न आएको हो । चेकिङ टोलीले चुनियाबाट हेटौंडा बजारतर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ ह १४९१ नं. को अटोलाई चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोराभित्र रातो कपडाकले बेरेर लुकाई छिपाई ल्याएको उक्त गाँजा बरामद गरिएको उनले बताए ।
लागुऔषध गाँजा, अटो सहित तीनै जनालाइै नियन्त्रणमा लिएर अनुसन्धान र आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।