प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा स्कारपियो दुर्घटना, एकैपरिवारका ३ सहित ४ जना घाइते

२०८१ पौष १, सोमबार १९:०० बजे

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–९, खरङ्गा नजिक पूर्व–पश्चिम राजमार्गमा स्कारपियो दुर्घटनामा चार जना घाइते भएका छन्। बारा निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-२२ च ६८६२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएर करिब ५० मिटर तल खसेको हो।

दुर्घटना बिहान ५स्३० बजे भएको थियो। घटनाको जानकारी पाएपछि ट्राफिक प्रहरीसहितको टोलीले घाइतेहरूको तत्काल उद्धार गरी मनहरी अस्पताल पुर्याएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिहान ६स्३० बजे भरतपुर, चितवन रेफर गरिएको छ।

चालक, बारा निजगढ नगरपालिका–७ बस्ने ४५ बर्षीय धनबहादुर स्याङ्तान (टाउकोमा सामान्य चोट), चालककी श्रीमती हरिमाया लामा (अनुहारमा सामान्य चोट), छोरा यरोश तामाङ (अनुहार र टाउकोमा चोट, अवस्था मध्यम) र ३३ बर्षीय सबु लामा (अनुहार र छातीमा भित्री चोट, अवस्था मध्यम) घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडी अनियन्त्रित भएपछि दुर्घटना भएको अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।