प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा सुतेकै अवस्थामा एक युवक मृत भेटिए

२०७९ चैत्र २, बिहीबार १३:०१ बजे

हेटौंडा – मकवानपुरमा एक युवक सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित २३ वर्षीय मंगल बहादुर चेपाङ सुतेको अवस्थामा मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार चितवनको ईच्छाकामना गाउँपालिका–२, रमाईलो डाँडा स्थायी घर भएका ज्यामिरेस्थित एक स्थानीयको घरमा डेरामा बस्दै आएका थिए ।

के कारण मृत्यु भएको हो ? प्रहरीले खुलाएको छैन । घटनाको सम्बन्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।