प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढी अपडेटः मतान्तर घटाउँदै एमाले

२०७९ जेठ २, सोमबार १२:४४ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ भने हाल वडा नं.३ र ६ को मत गणना जारी छ । प्राप्त जानकारी अनुसार अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले अग्रता कायमै लिइरहेका छन् । उनले ४ हजार ४८५ मत प्राप्त गरेका छन् ।

लामाको मतभारलाई घटाउँदै नेकपा एमालेका विदुर हुँमागाई पछिपछि छन् । उनले ३ हजार ३९७ मत ल्याएका छन् । हाल लामा र हुँमागाईविचको मतान्तर १ हजार ८८ रहेको छ । वडा नं.१,२,७ र ८ को मतगणना सकिदा १ हजार ५७३ मतको अन्तर थियो ।

त्यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानकुमारी नेपाली (पाख्रीन) ४ हजार ८ मत प्राप्त गरि अग्रता लिइरहेकी छन् । नेपालीसंगको मतान्तर घटाउँदै नेकपा एमालेकी सन्तु थिङ ३ हजार१७२ मत सहित पछ्याइरहेकी छन् । नेपाली र थिङबिचकोे हालको अन्तर ८४६ छ । यसअघि करिब १३ सयको मतान्तर थियो ।