प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा टिपर दुर्घटना

२०८१ बैशाख ८, शनिबार १५:४९ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ खट्टेपाखामा टिपर दुर्घटना भएको छ । कान्तिलोकपथ सडकखण्डमा हेटौंडाबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०१००३ क ८७७४ नम्बरको सिमेन्ट लोड भएको टिपर शुक्रबार  दुर्घटना भएको हो ।

टिपर आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा टिपर चालक बकैया गाउँपालिका वडा नं.८ बस्ने बर्ष २७ बर्षीय सौरव स्याङतान घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सौरवको बायाँ हात र दाहिने खुट्टामा चोट लगेको छ । उनको काठमाडौंस्थित पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सांकेतिक तस्बीर