प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका एक किशोर सहित दुई जना प्रहरीको फन्दामा

२०७९ फाल्गुन ३०, मंगलबार १४:५९ बजे

हेटौंडा – प्रहरीले लागुऔषध सहित दुई किशोर पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१४ बाट नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–३ कमलनगर बस्ने १८ वर्षीय किशोर र मकवानपुर हेटौंडा चिसापानी बस्ने १५ वर्षीय किशोर रहेका छन् । तर प्रहरीले उनीहरुको नाम खुलाएको छैन ।

नियन्त्रित लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित उनिलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ना.५ ख ५८९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।