प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

तीन जना सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्कियो

२०८० पौष २०, शुक्रबार १२:३४ बजे

चितवन – तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किँएको छ । बिहीबार बेलुका पौने १० बजे चितवन कालिका नगरपालिका–९ शक्तिखोरस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन्। मोटरसाइकल चालक कालिका नगरपालिका–९ का ३२ वर्षीय नगेन्द्र गिरी, पछाडि सवार सोही स्थानका २४ वर्षीय निसान भारती र २६ वर्षीय विजय भण्डारी घाइते छन्।

बा.प्र.०६–००४ प ४५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । घाइते मध्ये गिरीको अवस्था गम्भीर छ । तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।