हेटौंडा – मकवानपुर प्रहरीले डेढ क्वीन्टल लागुऔषध गाँजा बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१९ अधेरीखोलास्थित सडकमा रोकी राखेको ईन्डियन ट्रकबाट १ सय ५० किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलिले रोकी राखेको आरजे ०२ जिए ८३८८ नम्बरको ईन्डियन ट्रकलाई शंका लागेर चेकजाँच गर्दा ड्राईभर बस्ने सिटदेखि माथीको भागमा लुकाईछुपाई राखेको अवस्थामा १५ बण्डलमा उक्त लागुऔषध गाँजा बरामद गरिएको हो । प्रहरीका अनुसार ट्रकका चालक र सहचालक भने फरार छन् ।
उक्त लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएर अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्वीर