हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडाको मेयरमा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र उपमेयरमा काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन् ।
मेयरमा विजयी भएकी लामाले २३ हजार ८० मत प्राप्त गरिन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत पाउँदा राप्रपाका दिपक सिंहले २० हजार ५३१ मत पाए ।
यस्तै उपमेयरमा विजयी राजेश बानियाँले ३३ हजार ११४ मत पाउँदा एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३२८ र राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ५९७ मत पाए ।