प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा एम्बुलेन्सको ठक्करबाट दुई जना घाइते

२०८१ असार २०, बुधबार ०७:४८ बजे

हेटौंडा – धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलका सवार दुईजना घाइते भएका छन् ।

मंगलबार साँझ हटिया तर्फ जाँदै गरेको मकवानपुर सहकारी अस्पतालको ना ३ च ८२९८ नम्बरको एम्बुलेन्सले ना ४२ प ५७०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा चालक सहित सवार एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक हेटौंडा १७ का ३८ वर्षीय सुनिल दर्नाल र मोटरसाइकल सवार हेटौंडा ५ पिप्लेका अन्दाजी ४५ वर्षीय भाष्कर पौडेल गम्भीर घाइते भएका छन । उनीहरूको उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।