प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ माघ ६, शुक्रबार ०७:०९ बजे

हेटौंडा – बाँकेको नेपालगंज उपमहानगरपालिका १० गणेशमान चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतीय नागरिक अन्दाजी ४० वर्षिय मोहम्मद यासिनको उपचारको क्रममा नेपालगंज नर्सिङ होममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज बजारबाट जमुनाहतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे सडक डिभाईडरमा ठोकिएको थियो ।