हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवन तर्फ गईरहेको ना ४ ख ४४५४ नम्बर शुक्रबार विहान पौने ९ बजे गाउँपालिकाको वडा नं.६ मा दुर्घटना भएको हो । दुर्घटनामा श्रेष्ठ र दराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक राज कुमार सापकोटाले बताए ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार बस दुर्घटनामा ९ जना घाईते भएका छन् । उनीहरुलाई पचारको लागि भरतपुर पठाईएको र पहिचान खुल्न बाँकी रहेको उनले बताए । प्रहरीले बस दुर्घटनाको कारण बारे अनुसन्धान गरिहेको छ ।