हेटौंडा – मकवानपुरको हेटौंडामा रुखको हाँगाले लागेर च्यापिदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१२ पदमपोखरी बस्ने २० बर्षीय योगेश अर्याल रहेका छन् ।
शनिबार दिउँसो सोल्टी चोक नजिकै रुखमा चढेर हाँगा काट्ने क्रममा सोही हाँगाले काधमा लागेर रुखमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी च्यापिएको स्थानबाट शव निकालिएको छ ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।