प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७९ बैशाख २६, सोमबार ०९:१० बजे

हेटौंडा – मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ गल्लि कुटानमा सोमबार भे १० प २७८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षिय मान बहादुर बिश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षिय किशोर बसौलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल सोमबार बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।