प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको राप्ती बगरमा एक महिलाको शव भेटियो

२०७९ कार्तिक २, बुधबार ०९:४८ बजे

हेटौंडा – हेटौंडाको राप्ती खोला बगरमा एक महिलाको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलाको बगरमा सोमबार साँझ अन्दाजी ५५–६० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की अनुसार मृत भेटिएकी महिलाको पहिचान खुलेको छैन । शवको प्रकृती हेर्दा २–३ दिन पहिले नै मृत्यु भएको हुन सक्ने प्रवक्ता कार्कीले बताए ।

हाल शव परीक्षणको लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।