प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा बैंकको एटिएम तोडफोड

२०७९ फाल्गुन २१, आईतबार ०२:१७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बैंक रोडमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मेसिनको माथिल्लो कभरमा तोडफोड भएको र त्यहाँ रहेको रकम भने चोरी भएकौ छैन ।

गएराति एटिएममा तोडफोड भयो भन्ने खबरपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । एटिएम तोडफोड गर्ने व्यक्ति फरार रहेका छन् । उनको पहिचान समेत खुलेको छैन ।

एटीएममा फुटाउने मानिसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।