प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको जङ्गलमा बर्तौला मृत भेटिए

२०८० बैशाख १२, मंगलबार ०५:१६ बजे

मकवानपुर – हेटौंडाको एउटा सामुदायिक वनमा मंगलबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१२ स्थित जनप्रिय सामुदायीक वनमा अन्दाजी ६६ वर्षीय सिताराम बर्तौला मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार घटनास्थल मुचुल्कापछि शव परीक्षणका लागि अस्पताल ल्याईएको छ ।

घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।