हेटौंडा – बागमती प्रदेश सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका दुईवटा विधेयक फिर्ता लिने भएको छ । प्रदेश सरकारद्वारा जारी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक प्रदेशसभाको समितिमा छलफलमा रहेको अवस्थामा मङ्गलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक फिर्ता लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए । प्रदेश सरकारका प्रवक्ता समेत र हनुभएका खनालले यी दुईवटा अध्यादे शलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक प्रदेशसभाबाट फिर्ता लिने निर्णयसँगै छिट्टै दुइटा अध्यादेश जारी गरिने बताए ।यो समाचार गोरखापत्र दैनिकमा छ ।