प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा २० केजी चाँदीका गरगहनासहित एक जना पक्राउ

२०७९ आश्विन ३०, आईतबार ०९:२९ बजे

हेटौंडा – प्रहरीले हेटौंडाबाट विभिन्न प्रकारका चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नं.१४ बाट करिब २० किलो चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नं. १६ बस्ने ४४ वर्षीय लाल बाबु साह रहेका छन् । डाईभरडाडाबाट प्रदेश २–०३–०१८ प ८२४८ को मोटरसाइकलमा हेटौंडा बजारतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्दा १९ किलो ८४५ ग्राम चाँदीबाट बनेको अवैध गरगहनाहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त अबैध चांदीका गरगहना, मोटरसाइकल र साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।