हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.७ चाइरङडाँडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाटुर्डुङग् वस्ने ५० बर्षीय आइतराम चेपाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार चेपाङ कालिकाटार बजारबाट घर तर्फ फर्कने क्रममा गोरेटो बाटोबाट लडेर करिब २०० सय मिटर तल खसेर मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि सोमबार प्रहरीको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटका लागि हेटौंडा अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।