काठमाडौं – ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता बढाएकी छन् । उनले नेकपा एमालेका अमृत खड्कासँग अग्रता बढाएकी हुन् ।
तोसिमाले ५ हजार १२३ मत प्राप्त गर्दा एमालेका खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल २ हजार २९३ मत सहित तेस्रो स्थानमा रहेकी छन् ।