अर्जेन्टिनाले इटालीलाई हराउँदै फाइनालिसिमा उपाधि जित्न सफल भएको छ । लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले उपाधि जित्न सफल भएको हो ।
वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले डि मारियाका लागि अर्को गोलको अवसर सिर्जना गरे । दोस्रो हाफको अन्त्यमा पाउलो डिबालाले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।
युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच २९ वर्षपछि प्रतियोगिताको आयोजना गरिएको थियो ।