प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा

२०७९ फाल्गुन १८, बिहीबार १२:३४ बजे

काठमाडौं – युएईलाई हराउँदै नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा विश्वकपमा पुगेको छ । युएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।

दीपेश कँडेलले ४७ औं ओभरमा लगातार तीन विकेट लिएपछि नेपालको जित पक्का भएको हो। नेपालका सुवास भण्डारीले २ विकेट लिए । अब नेपालले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपको खेल्नेछ ।

अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनाएको थियो । जवाफि ब्याटिङ्गमा उत्रिएको यूएई १ सय १ सय ८५ रनमा अल आउट भयो ।

युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान्श शर्मा ३२ रन, अर्का ओपनर अर्यान सक्सेना ३४ रन बनाएर आउट हुँदा ध्रुव पराशर १७ रनमा पेभेलिएन फर्काए ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै विशाल विक्रम केसीले ५० बलमा ३८ रन, उत्तम थापा ३६ रन, दिपेश कँडेलले १५ र हेमन्त धामीले १३ रन बनाए ।

नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमै आउट हुँदा अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाटी ९ रनमा आउट भएका थिए ।

यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २र२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १र१ विकेट लिएका छन् ।