हेटौंडा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गतको मत परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ भने ११ पालिकाको मतगणना जारी छ ।
मतगणना भइरहेकामध्ये ४ वटामा काँग्रेस, तीन वटामा एमाले र एक÷एक वटामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । दुई पालिकाको एउटा÷एउटा केन्द्रमा मतदान हुनै बाँकी रहेको छ ।
मतगणना सम्पन्न भएका मध्ये नेपाली कांग्रेसले ३२२ वटा पालिका जितेको छ । एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ पालिकामा विजयी हासिल गरेको छ । अन्य दल तथा स्वतन्त्रले १९ पालिका जितेको छ ।