प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा ट्याक्टरको ठक्करबाट बर्तौलाको मृत्यु

२०७९ पौष २८, बिहीबार १३:०८ बजे

हेटौंडा – मकवानपुरमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउँपालिका–६ मा मनहरीबाट सुनाचुरितर्फ जाँदै गरेको ना ३ त २३६८ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३००३ प ५५४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक चितवन खैरेनी नगरपालिका–१० बस्ने ३५ वर्षीय सुकराज बर्तौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउको र बाँया खुट्टामा चोट लागेर गम्भीर घाइते भएका बर्तौलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।