हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङमा बिहीबार वर्षाका कारण रुख ढल्दा एक घर भत्किएको छ । रुख ढल्दा स्थानीय लक्ष्मी थिङको भत्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार थिङको ब्लक र जस्ता पाताले छाएको एक तले घर भत्किएको छ भने मानवीय क्षति भएको छैन । ढलेको रुखले घरको एक भागमा क्षती पुर्याएको प्रहरीले जनाएको छ ।