प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा गाडीको ठक्करबाट थिङको मृत्यु

२०८१ असार १९, मंगलबार २०:५४ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१२ स्थित पदमपोखरीमा गाडीको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु भएको छ । केही दिन अगाडी गाडीको ठक्करबाट घाइते भएर हेटौंडा अस्पताल र भरतपुर अस्पतालमा उपचारको केही दिनपछी बृद्धको मृत्यु भएको हो ।

प्रदेश ३–०१–०२४ च ३९६७ नम्बरको पिकअप गाडीको ठक्करबाट घाइते भएका सोही ठाउँका ८६ वर्षीय सुर्य बहादुर थिङको मृत्यु भएको हो । थिङको हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।

गत असार ५ गते पदमपोखरीमा पिकअप गाडी ब्याक गर्ने क्रममा पैदल यात्री थिङलाई ठक्कर लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते थिङलाई सोही दिन हेटौंडामा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो ।

चितवनमा उपचारपश्चात डिस्चार्ज भएर असार १० गते घर फर्केका थिङलाई असार १७ गते सोमबार स्वास्थ्य अवस्था ठिक नभएपछि हेटौंडा अस्पतालमा दिउँसो ४ बजे ल्याइएकोमा डाक्टरले ४ बजेर १५ मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।