प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

आफैलाई गोली हानी पूर्व प्रहरीले गरे आत्महत्या

२०७९ कार्तिक २, बुधबार ०४:०१ बजे

काठमाडौं – एक पूर्व सशस्त्र प्रहरीले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । झापा गौरादह नगरपालिका ८ जुरोपानीमा घरायसी विवाद हुँदा मंगलबार राती ३६ वर्षीय बिरन शाहले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकका अनुसार मंगलबार राती ७ बजेको समयमा विवाद हुँदा बिरनले आफ्नै दाजुको छोरा(भतिज) १५ वर्षीय हेमराज शाहलाई गोली प्रहार गरी घाईते बनाएर आफु स्वयंले समेत कन्चटमा गोली प्रहार गरी हात्महत्या गरेका हुन् ।

घाईते हेमराजको ढाडमा गोली लागेको छ । शाहले दाजुका छोरा हेमराजलाई आफ्नै घर अगाडि सानो चाईनिज पेस्तोल प्रहार गरि घाईते गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । हाल घाईतेको विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।

घटनास्थलबाट कटुवा पेस्तोल एक थान, म्याजजिन दुई थान गोलीका खोका एक थान र १५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।