प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नेपाली सेनाका एक खेलाडी मृत भेटिए

२०७९ आश्विन ३१, सोमबार ०६:२३ बजे

काठमाडौं – नेपाली सेनाका एक जना हुद्दा तथा खेलाडी मृत भेटिएका छन् । आज(सोमबार) बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

उनका अनुसार मृतक पुडासैनी गल्फ खेलाडी पनि हुन् । पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको सिलवालले जानकारी दिए ।