प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सबैभन्दा बढी कर तिर्ने यति पेन्ट्स र बानियाँ सप्लायर्स सम्मानित

२०७९ मंसिर ९, शुक्रबार ०५:५७ बजे

हेटौंडा – मकवानपुरमा आर्थिक बर्ष २०७८–७९ मा सबैभन्दा बढी कर बुझाउने एक उद्योगी र एक ब्यवसायीलाई सम्मानित गरेको छ । आन्तरिक राजस्व कार्यालय, हेटौंडाले कर सप्ताहको अवसरमा एक कार्यक्रमएक कार्यक्रमकाबिच सम्मान गरेको हो।

गत आर्थिक बर्षमा उद्योगतर्फ सबैभन्दा बढी कर बुझाउने करदाता यति पेन्ट्स प्रा.लि.का हरि मास्के र व्यापारतर्फ बानियाँ सप्लायर्स प्रा.ली.का ऋषिराज बानियाँलाई सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालय हेटौंडाका सुचना अधिकारी अवधेश कुमार यादवले जानकारी दिए ।

उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयकी कर्मचारी नायव सुब्बा शुभलक्ष्मी लामा पनि सम्मानित भएकी छन् । तीनै जनलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा र कार्यलयका प्रमुख कर अधिकृत मोहलाल जि.सी.ले दोसल्ला, सम्मान पत्रसहित सम्मान गरेकी हुन् ।

कार्यक्रममा गत आर्थिक बर्षमा विभिन्न विधामा बढी कर दाखिला गर्ने व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कर कार्यालय कर्मचारी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।