प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टिकट खोसिने डरले चार घण्टा अगावै उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतबार १३:०५ बजे

हेटौंडा – नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र नेता आनन्दराम पराजुलीले टिकट खोसिने डरले हतार–हतार  उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनका उम्मेदवारहरुले संयुक्त रुपमा मनोनयन दर्ता गर्ने समय तोकेपनि डिना र पराजुलीले अगाबै उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनले सयुक्त रुपमा दिउँसो ०३ः०० बजे उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो ।

उनीहरुले तोकिएको समयभन्दा करिब ४ घण्टा अगाडि नै आएर उम्मेदवारी दर्ता गराएका थिए । डिनाले प्रतिनिधिसभा क्षेत्र नं. १ र पराजुलीले क्षेत्र नं. १ कै (ख) मा उम्मेदवारी दर्ता गरेका छन् ।

मकवानपुरमा कांग्रेसभित्र बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँकै बढी हैकम चल्छ । बानियाँ प्रतिनिधिसभा क्षेत्र नं.१ मा आफु उठेर क्षेत्र नं. १ कै (ख) मा जिल्ला सभापति बुद्ध लामालाई उठाएर डिना र पराजुलीलाई हटाउन चाहान्थे ।

तर, डिना हतार–हतार काठमाडौंबाट हेटौंडा आएर पराजुलीलाई लिएर गठबन्धनले तोकेको समयभन्दा अगाडी नै मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि जिल्ला अधिवेशनको क्रममा बानियाँ र डिनाबीच आफ्नो उम्मेदवार जिताउन ठुलो टक्राब भएको थियो । 

पार्टीले डिनालाई समानुपातिकको पहिलो नम्बर राखेर बानियाँलाई प्रतिनिधिसभा क्षेत्र नं.१ मा उठाउन चाहान्थ्यो । आफु क्षेत्र नं. १ र लामालाई क्षेत्र नं.१ कै (ख)मा लामालाई उठाउने योजना बिफल भएको छ ।  यस पटक बानियाँले क्षेत्र नं.२ को प्रदेशसभा (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं.२ मा नेकपा एकिकृत समाजवादीका स्थानी कमिटि सदस्य तथा पुर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट क्षेत्र नं.१ को (क) मा प्रेम बहादुर पुलामी मगर(छिन्तु) र क्षेत्र नं.२ को (क) मा कुमारी मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।