हेटौंडा – चोरीका मोटरसाइकल सहित हेटौंडाबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चोरीका मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहागरपालिका–१५ बस्ने २० वर्षीय मनोज पुलामी मगर र हेटौंडा उपमहागरपालिका–५ शान्तीनगर बस्ने २२ वर्षीय सुरज ठकुरी रहेका छन् ।
उनीहरुले चोरी गरेका ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्बरको मोटरसाइलक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
यही शुक्रबार राती हेटौडा उपमहानगरपालिका–५ स्थित शान्तिनगरबाट ना ३९ प २२९९ नम्बरको मोटरसाईकल चोरी भएको उजुरी प्रहरीमा आएको थियो ।
सोही उजुरीको आधारमा प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आइतबार हेटौंडा–१५ बस्ने मनोजको घरभित्रबाट उक्त चोरी भएको ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्बरको मोटरसाइलक फेला परेको प्रवक्ता कार्कीले बताए ।
उक्त मोटरसाइकलकको बारेमा सोधपुछ गर्दा मनोजले म र मेरो मिलेर मोटरसाइकल चोरी गरेर ल्याएको बताएपछि सुरजलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको कार्कीले बताए ।
उक्त चोरीको दुबै मोटरसाइकलसहित मनोज र सुरजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको उनले बताए ।