हेटौंडा – सार्वजनिक चासोको विषयमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको भन्दै मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले राष्ट्रिय युवा संघ, मनहरीका सचिव बीर बहादुर मिजारमाथि अभद्र ब्यवहार गरेका छन् । राष्ट्रिय युवा संघ, मनहरीका अध्यक्ष दीपक तामाङले विज्ञप्तीमार्फत अध्यक्ष कालाखेतीले सचिव मिजारलाई कार्याकक्षमै ढोका थुनेर अपशब्द गरेर हातै हाल्ने शैलीमा ब्यवहार गरेको जानकारी दिएका हुन् ।
हिराचन बानियाँ जेभीले निर्माणको जिम्मा लिएको ४ वटा पुल कहिले बन्छ ? भन्ने स्थानीयको प्रश्नमा निर्वाचन प्रचारप्रसारको क्रममा मकवानपुर क्षेत्र २ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँले दिएको प्रतिक्रियाको भिडियो मिजार सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सम्झौताको अवधि सकिएर एक बर्षको म्याद थप गर्दा समेत ४ वटा पुल निर्माण सम्पन्न नुहने भएपछि ठेकेदार कम्पनी र पालिका अध्यक्ष कालाखेती आक्रोश ब्यक्त गर्दै मिजार आफ्नो फेसबुक वालमा शेयर गरेका थिए ।
सोही बिषयलाई लिएर अध्यक्ष कालाखेतीले आज बुधबार दिउँसो आफ्नो कार्यकक्षमा बोलाएर पदीय मर्यादा बिपरित मिजारमाथि गरेको अभद्र ब्यबहार गरेको राष्ट्रिय युवा संघ मनहरीको ठहर छ । ‘केही दिन अघि यसै क्षेत्रका ठेकेदार सांसद इन्द्र बहादुर बनियाँले मनहरी गाउँपालिकाका पुलहरु समयमै नबनेको बिषय उठान गरी सामाजिक संजालमा भिडियो शेयर गरेको बिषयलाई उठाएर अपशब्द प्रयोग गरी कार्यकर्ताहरुलाई हातपात गर्ने शैलीमा उत्रनु कमजोर मानसिकताको उपज हो भन्ने हामीले ठानेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
1704289331.jpg)
‘एउटा सचेत युवाले सामाजिक विकास र रुपान्तरणको बिषयहरु उठान गर्दा स्थानीय सरकार प्रमुख नै कार्यकर्ता लगाएर आफ्नो कार्यकक्षमा ढोका लगाएर अपशब्द र हात हाल्ने शैलीको ब्यबहार गरेको घटना अत्यन्तै लज्जाजनक छ ,’ युवा संघ मनहरीको विज्ञत्तिमा उल्लेख छ । कोही कसैको धम्की वा दुर्व्यवहारबाट युवा संघ र यसमा आबद्ध युवाहरु डराउने, तर्सिने र सामाजिक बिकृतिका बिरुद्ध बोल्न, लेख्न डराउँछ कि भन्ने भ्रम नपाल्न युवा संघ मनहरीले विज्ञप्ति मार्फत नै चेतावनी दिएको छ ।
उता पालिका अध्यक्ष कालाखेतीले आफु अभन्द्र ब्यवहार नगरेको दाबी गरे । उनले आफ्नो नाम इन्द्र बहादुर बानियाँसंग काका भतिजको साईनो जोडेर सामाजिक सञ्जालमा नलेख भनेर सम्झाएको बताए । ‘मैले त्यस्तो नराम्रो कुरा केही बेलेको पनि छैन, उहाँलाई अरु थोक बोलेको पनि छैन, सुन्न मान्छ उहाँको अरुपनि छन्, मै यति के भनेको हो भने, तिमी यहीको मान्छे हौँ, तिमी एक चोटी गएर हे र, काम गर्या कि नगर्या कामको प्रोग्रेस पनि हे र, ठेक्दारलाई लेख्ने कुरा लेख, तर मेरो नाम जोडेर काका भतिज लेख्ने काम नगर,’ भनेर सम्झाएको कालाखेतीले प्रहर खबरसंग भने ।
यो पनि पढ्नुहोस्