मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–१ बस्ने १९ वर्षीय नबिन स्याङतान र सोही ठाउँ बस्ने १९ वर्षीय सुजित स्याङतान रहेका छन् ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको जनाएको छ ।
यो पनि पढ्नुस्
हेटौंडामा गोली प्रहार गरी १ करोड माग, संलग्न तीन जना सार्वजनिक
मकवानपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते