हेटौंडा – मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सुरु भएको छ ।
शुक्रबारदेखि सुरु तालिमको उद्घाटन गर्दै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले सहकारी संस्थाको कर्मचारीहरुको क्षमता विकासकालागि तालिम उपलब्धीमूलक हुने बताए ।
तालिम उद्घाटनकै अवसरमा मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न अनुरोध गरे ।
संघका लेखा समिति संयोजक खेमराज सापकोटाले सहकारी संस्थाको मुख्य कार्य लेखा ब्यवस्थापन भएको र तालिमले संस्थाको हिसावलाई पारदर्शी बनाउन सहयोग गर्ने बताए ।
तालिम उद्घाटन कार्यक्रममा संघका सञ्चालक शर्मिला डंगोल, हरिप्रसाद पौडेल, ब्यवस्थापक गोबिन्द दाहाल, प्रशिक्षक नवराज खनालको उपस्थिति रहेको थियो ।
तालिममा मकवानपुर जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, ब्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुको सहभागिता रहेकोछ ।