प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको प्रहरी प्रमुखमा सिताराम आउँदै

२०८० श्रावण ९, मंगलबार ०७:४७ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाल आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले रिजाललाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको बताईएको छ ।

मकवानपुरमा कार्यरत एसपी बामदेव गौतमले हदका कारण श्रावण ८ गते सोमबार अवकाश पाएका थिए । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले छुट्टाछुटै कार्यक्रम आयोजना गरी एसपी गौतमलाई बिदाई गरेको थियो ।

उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक सिताराम रिजाल जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ताको रुपमा कार्यरत थिए ।