हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.२ कालिधापमा अपरिचित ब्यक्तिहरुले दुई जनालाई कुटपिट गरेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार अटोमा आएका २/३ जना व्यक्तिहरुले पलासेबाट बरेटार घरतर्फ पैदल जादै गरेका २५ को सन्देश वोलन र वर्ष ३२ को जिवन वोलनलाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट सन्देशको टाउको ,नाक र मुखमा चोट अवस्था मध्यम रहेको छ भने जिवनको टाउको र शरिरको विभिन्न भागमा चोट अवस्था गम्भीर रहेको रहेको छ । सामान्य उपचार पश्चात थप उपचारको लागि दुबैजनालाई भरतपुर चितवनतर्फ पठाएको थियो । दुबैको चितवनस्थित मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न ब्यक्तिहरु फरार रहेका छन् । उनीहरुलाई प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।