प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ग्यासको बुलेट बोकेको ट्रक पल्टियो

२०८० भाद्र ९, शनिबार ०४:२९ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.१५ मा शुक्रबार ग्यास बुलेट ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एनएल ०२ एल ३९०५ ईण्डियन नम्बरको ग्यास बुलेट ट्रक आफै अनियन्त्रित पल्टिंदा उक्त ट्रक चालक घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयका अनुसार घाइते हुनेमा भारत उत्तर खण्ड गडुवाल घर बताउने ४५ बर्षीय बिरेन्द्र सिंह रहेका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।