हेटौंडा – नेकपा एमाले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष नबिन सिग्देल आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । एमालेकै जिल्ला सदस्य सानु लामाबाट वडाध्यक्ष सिग्देल कुटिएका हुन् ।
हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको सटर भाडामा दिनेबारे विवाद हुँदा लामाबाट सिग्देल कुटिएका हुन् । आफू कुटिएपछि सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।
वडाध्यक्ष सिग्देलले आफूमाथि कुटपिट हुनु गलत भएको प्रतिक्रिया दिएका छन् । ‘म धेरै कुरा गर्न चाहन्नँ, ममाथि कुटपिट भएको छ, सिग्देलले भने, ‘मैले उजुरी गरिसकेको छु, कानुनबमोजिम कारबाही हुनुपर्छ ।’
अभियुक्त लामा फरार रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । प्रहरीले लामाको खोजि कार्य गरिरहेको उनले बताए ।