प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा ग्यास लिक भएर आगलागी

२०८० आश्विन ११, बिहीबार ०५:४२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१३ ठुलोथलीमा एक घरमा सिलिण्डर ग्यास लिक भएर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ७ बजेर १५ मिनेटमा स्थानीय सन्त बहादुर बज्यूको घरमा जोडिएको भान्सामा सिलिण्डर ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागी हुँदा भान्सा घरभित्र रहेको अन्नपात, भाडावर्तन, तत्ताकपडा, फर्निचरका समानहर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट पाँच लाख बराबरको क्षति भएको छ । भान्सा घरमा लागेको आगो निभाउने क्रममा घरधनी सन्त बहादुर बज्यू घाइते भएका छन् ।

उनको बाँया हात र टाउकोमा आगोले पोलेको छ । उनको स्थानीय क्लीनकमा उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । साँझ ७ बजेर १५ मिनेटमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब आधा घण्टापछि नियन्त्रणमा लिईएको थियो ।

सांकेतिक तस्वीर