हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा अस्वस्थकर माछा जफत गरी नष्ट गरिएको छ ।
चुरियामाई ईलाकामा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ बाट ४८ केजी प्रतिबन्धित मागुर माछा जफत गरी नष्ट गरिएको हो ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा ७ ख ६४१ नम्बरको यात्रुबाहक बसको पछाडि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाण प्रतिवन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरिएको चुरियामाई ईलाकामा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरका प्रहरी नायव उपरीक्षक शैलेश श्रेष्ठले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, भेटनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रतिनिधि लगायतको रोहवरमा माछा नष्ट गरिएको श्रेष्ठले बताए ।