प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आरजु देउवा हेटौंडामा, चारै तीर प्रहरीको घेरा

२०८० बैशाख २८, बिहीबार ०७:०० बजे

हेटौंडा – नेपाली कांग्रेस नेत्रृ तथा सांसद आरजु राणा देउवा हेटौंडा आएकी छन् । उनी अहिले  होटल सामनामा बागमती प्रदेशको एक कार्यक्रममा सहभागि छिन् ।

उनी हेटौंडा आएसंगै मुख्य सडक क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । हेटौंडाको बजारको मुख्य राजमार्ग अन्तर्गत बुद्धचोक सिमाचोक, बैंकरोड, कान्तिलोकपथ क्षेत्रमा ठुलो संङ्ख्यामा परिचालन गरिएको छ ।

उनी हेटौंडा–२ स्थित स्वदेशी सुपर मार्केट उद्घाटन गर्न हेटौंडा आएकी हुन् । कार्यक्रम स्थलमा मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतम सहितको टोली खटिएका छन् ।

उनी हेटौंडामा आउने जानकारी पाएपछि हेटौंडामा विरोधको आवाज उठेको छ । नक्कली शरणार्थी प्रकरणमा आरजुको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएपछि हेटौंडामा पनि त्यही बिषयमा विरोधको आवाज उठेको हो ।

हेटौंडाका व्यवसायी बैकुण्ठ लामिछाने ले आफ्नो फेसबुकमा आरजु विरुद्ध लेखेका छन्, आज हेटौडामा हुने भनिएको यस कार्यक्रमको अतिथी आरजु राणा(जो भ्रष्टाचारको मुद्दामा नाम मुछियर पुर्ण बिबादित भैरहेकी छिन) तिनको बिषयमा तपाइको धारणा के छ ?? येस्तो राष्ट्रिय बिबादित मान्छेलाइ अतिथी बनाउनु कत्तिको सान्दर्भिक थियो वा थिएन ।
आउनुहोस स्वच्छ बहस गरौ ।
आ आफ्नो बिचार राख्दै जानुहोला ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विषयमा आरजुको अडियो समेत बाहिरिएको थियो । सो विरुद्ध आरजुले प्रहरीमा उजुरी समेत दिएकी छन् ।