प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एमनेस्टीमा ढकालको नेतृत्व

२०८० आश्विन १५, सोमबार ०८:१३ बजे

हेटौंडा – एमनेस्टी इन्टरनेशनल नेपाल समुह ६७ हेटौडाको नयाँ कार्यसमिति चयन भएको छ ।शनिबार भएको २४ औं वार्षिकसाधारणसभा तथा १२ औं अधिबेशनबाट प्रकाश ढकाल संयोजक रहेको कार्यसमिति चयन भएको हो ।

समितिको उपसंयोजकमा प्रल्हाद घिमीरे, सचिव रघुनाथ खराल, सहसचिव देवकुमारी ढकाल, कोषाध्यक्ष पूर्णप्रसाद अर्याल, सदस्यमा प्रभाकुमारी पौडेल, त्रिलोक्यमोहन ठिके, प्रेमलाल श्रेष्ठ, उत्तराकुमारी रुपाखेती चयन भएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनल नेपालले नेपालको मानवअधिकारको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हो । हाल यो १ सय ५० देशमा क्रियाशील रहेको छ, जसमा विश्वका एक करोडभन्दा बढी अभियन्ता जोडिएका छन् । नेपालमा सन् १९७९ मा एम्नेस्टी सुरु भएको थियो ।